अलबिदा ‘पुतली बाजे’
पाेखरा | कात्तिक १८, २०८०
पोखरा: पुतली बाजे नामले चर्चित बेलायती नागरिक (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको निधन भएको छ ।
लामो समय पिसाबसम्बन्धि रोगले थलिएका उनको शनिबार विहान निधन भएको सुनिल उलकले बताए ।
‘लामो समय बिरामी हुनुभयो । आज निधन भएको छ,’ उनले भने, ‘केही दिन शवलाई अस्पतालमै राखिन्छ । सोमवार अन्त्येष्टि गर्ने तयारी छ ।’ स्मिथको पोखरा स्थित हरियो खर्क अस्पतालमा उपचार भइरहेको थियो ।
उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए । युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ बेलायत नफर्किने निर्णयसँगै नेपालमा रोकिएका हुन् ।
स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन् । उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका थिए । गोरखा, काठमाडौं र पोखराका विद्यालयहरुमा उनले अध्यापन गरे । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत स्मिथले अध्यापन गरेका थिए ।
उनले नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली संग्रह गरेका थिए ।
स्मिथ पोखरा महानगरपालिका १८ मा जग्गा किनेर बसेका थिए । उनले नेपालकै युवालाई धर्मपुत्र बनाएर पाले । उनी नेपालको सम्मानार्थ नागरिकता पाउने दोस्रो व्यक्ति हुन् । पहिलो नागरिकता सर्वोच्चको सफल आरोहण गरेका एडमण्ड हिलारीले पाएका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

